धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी विजयी भएका छन् । उनले २१ हजार ८७१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् ।

यसैगरी गठबन्धनतर्फ माओवादीका भगत बडुवालले १५ हजार ११६ मत प्राप्त गरेका छन् ।
