कैलालीका २ (क) मा कांग्रेसका शाह र ५ (ख) मा देउवा विजयी

अत्तरिया – कैलाली क्षेत्र नम्बर २ (क) र ५ (ख) मा नेपाली कांग्रेस विजयी भएको छ । २ (क) मा नेपाली कांग्रेसका कमल बहादुर शाह विजयी भएका हुन भने ५ (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । दुवैजना सक्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए ।
२ (क) मा शाहले १० हजार ४ सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन् । उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका उम्मेद्धार रतन बहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गरे । नेकपा एमालेका कमला कुमारी ओलीले ८ हजार ८२ मत प्राप्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले २ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार ८ सय २६ मत खसेको प्रदेश सभामा १ हजार ७ सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन् ।
५ (ख) मा देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका भतिज हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३५८ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त पाए ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.