कैलाली – ४ मा ४८,७७८ समानुपातिक मत गणना, कसले कति पाए ?

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत प्रतिनिधि सभा तर्फको समानुपातिक मत गणना जारी रहेको छ । बिहिबार दिउँसो देखि सुरु भएको समानुपातिक मत गणना अन्तरगत शुक्रबार बिहान सम्म ४८ हजार ७७८ मत गणना गरिएको छ ।

maya metro hospital

जसमा नेकपा एमालेले १४ हजार ३५२ मत ल्याएर अग्रता कायमै राखेको छ । त्यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले १३ हजार १२४ मत पाएको छ । त्यस्तै तेस्रोमा रहेको नागरिक उन्मुक्ति पार्टीले ३ हजार ३४१, चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ८४८, पाँचौ स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३ हजार ३९५, छटौंमा रहेको नेकपा एकीकृत समाजवादीले ३ हजार १५६, सातौमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ११५, आठौं स्थानमा राष्ट्रिय जनमोर्चाले ४३६ मत ल्याएको छ । अन्य ४० दलले ९८९ मत पाएका छन ।

पछिल्लो अपडेट अनुसार गोदावरीका सबै वडा, गौरीगंगाका १ देखि ७ वडाको मतगणना सकिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.