कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीको ’क्लिन स्विप’

कैलाली – कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीले ’क्लिन स्विप’ गरेको छ । वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका हुन ।

maya metro hospital

प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेकी रन्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन् । उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन् ।

joshi vada pasal 2

रञ्जिताले आफ्ना निकटतम प्रतिद्वन्द्वी चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन् । ६४ हजार ९९९ मत गणना हुँदा रञ्जिताले ३० हजार ४०४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चौधरीले १९ हजार ८१ मत प्राप्त गरे ।

indreni vansa ghar

त्यस्तै एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९१० मत ल्याएर तेस्रो भएका छन् । यहाँ जम्मा ६४ हजार ९९९ मत खसेकोमा ३ हजार २६८ मत बदर भएको थियो ।

यसैगरी, प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी विजयी भएका छन् । लक्ष्मणले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका छन्। नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार हुन् ।

निर्वाचन कार्यालयका अनुसार चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरेका छन्। त्यस्तै कैलाशले माओवादीका दिर्घराज बिनाडीलाई पराजित गरेका हुन् ।

कैलाशले १५ हजार १०१ मत ल्याउदा बिनाडीले १० हजार ३७७ मत ल्याएका थिए । यसअघि नागरिक उन्मुक्ति पार्टीले कैलालीकै निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि र प्रदेशसभाका तिनवटै सिटमा जित हासिल गरी सकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.