कैलाली १ (१) मा नागरिक उन्मुक्तिका चौधरी विजयी

टीकापुर – कैलाली क्षेत्र नं. १ को प्रदेश (१) मा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भारी मतान्तरले विजयी भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा माओवादीका दीर्घ विनाडीभन्दा ४ हजार ७२४ मतान्तरले विजयी भएका हुन् ।
चौधरीले १५ हजार १०१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादीका बिनाडीले १० हजार ३७७ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका भीमबहादुर बमले ४ हजार ६० र जसपाका भगतराम चौधरीले २ हजार २८७ मत पाएका छन् ।
क्षेत्र नं. १ को प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित निश्चित भैसकेको छ भने प्रदेश (ख) मा समेत सोही पार्टीका लक्ष्मण किशोर चौधरीको सुरुवाती अग्रता कायमै छ। चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस केन्द्रिय सदस्य डा. रणबहादुर भन्दा करिब ३ हजार बढी मतले अघि छन् ।

maya metro hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.