दार्चुला – दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी भएका छन । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी भएका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका माओवादी नेता धामीले कुल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।