कैलाली–३ मा प्रदेशतर्फ पनि नागरिक उन्मुक्तिका उम्मेदवार विजयी 

 

धनगढी – कैलालीको  निर्वाचन क्षेत्र नम्बर ३ का प्रदेशतर्फ दुवै प्रदेशसभा सदस्य पदमा नागरिक उन्मुुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्वर ३ को १ मा उन्मक्ति पार्टीका प्रदेश उम्मेदवार  घनश्याम चौधरी विजयी भएका छन् ।

maya metro hospital

उनले १३ हजार २३ मत प्राप्त गरेका  छन् । उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका खेमराज डगौरा थारुले  ११ हजार ५ सय ७२ मत पाए ।

प्रदेशसभा २ तर्फ ढकियाका उम्मेदवार खुसीराम डगौरा थारु ७ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिवद्वन्द्वी एकीकृत समाजवादीका अमर बहादुर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरे ।

attariya hospital

यसअघि उक्त क्षेत्रको प्रतिनिधि सभा सदस्यमा पनि नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.