अत्तरिया – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका एनपी साउँदले ३ हजार ६६ मतले लिड गरिरहेका छन ।
पछिल्लो मतपरिणाम अनुसार साउँदले १५ हजार ४०९ मत ल्याएका छन भने उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार नर बहादुर धामीले १२ हजार ३४३ मत ल्याएका छन ।
कञ्चनपुर २ मा ३५ हजार ३८९ मत गणना गरिएको छ ।