अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिईएको छ ।
आज उनकै निवासमा पुगेर दुई जना व्यत्तिले ज्यान मार्ने धम्की दिएको प्रहरीले बताएको छ । उनलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका शेरबहादुर लामा र दिपेन्द्र विक रहेका छन् । उक्त समयमा भट्ट भने निवासमा नभएको प्रहरीले जनाएको छ ।