अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ अन्तरगत पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको ५ नम्बरको मत गणना सकिएको छ । ७ वडाको मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिएका छन ।
उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका वीर बहादुर बलायरलाई उछिनेका छन । कुल ७ हजार ५ सय ४५ मत गणना गर्दा भट्टले ३ हजार ४ सय ९४ मत ल्याएका छन भने बलायरले ३ हजार ४ सय ७३ मत ल्याएका छन । दुवै विचको मतान्तर २१ रहेको छ ।
सुरुवाती मतगणनामा बलायरले लिड गरिरहेका भएपनि पछिल्लो मगतणनामा भट्टले अग्रता लिएका हुन । यद्दपी चुरे क्षेत्र एमालेको राम्रो पकड भएको क्षेत्र हो । स्थानीय तहको चुनावमा पनि चुरेमा एमालले जितेको थियो ।