डोटी – डोटीको प्रतिनिधिसभा सदस्यतर्फको प्रारम्भिक मतगणनामा पूर्वमन्त्री एवं नेकपा एसका उम्मेदवार प्रेमबहादुर आलेले लिड गरेका छन् । उनलाई एमाले र राप्रपा लगायत दलका उम्मेदवारले पछ्याइरहेका छन् ।
पछिल्लो मत परिणामअनुसार, डोटीमा हालसम्म १ हजार २४९ मत गणना भएको छ । जसमा आधाभन्दा बढी हिस्सा अर्थात् ६४० मत आलेको पक्षमा परेको छ ।
आलेलाई एमालेकी गौरी वलीले टक्कर दिइरहेकी छन् । वलीले ४५२ मत पाएकी छन् । राप्रपाका अंकबहादुर खड्काले मात्रै ११ पाएका छन् ।