अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रस र एमाले बीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका वीर बहादुर बलायर र एमालेका तर्फबाट उम्मेदवार बनेका लेख राज भट्ट बीच कडा प्रतिस्पर्धा भइरहेको हो ।
पछिल्लो अपडेट अनुसार ३ हजार ९६४ मतगणना गर्दा बलायरले १ हजार ८१५ र भट्टले १ हजार ८१२ मत पाएका छन । कैलाली ४ बाट प्रतिनिधि सभाका लागि १० जनाले प्रतिस्पर्धा गरिरहेका भएपनि अन्य उम्मेदवारले भने बलायर र भट्टको तुलनामा निकै न्युन मत ल्याएका छन ।
पछिल्लो मतगणना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७, नेपाल मजदुर किसान पार्टीले २, मौलिक जरोकिलो पार्टीले १३, जनता प्रगतिशिल पार्टीले शुन्य, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल संघिय समाजवादी पार्टीले २५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ र स्वतन्त्र उम्मेदवार मेखराज जोशीले २ मत ल्याएका छन ।
कैलाली क्षेत्र नम्बर ४ अन्तरगत हालसम्म मोहन्यालको वडा नम्बर ५, चुरेको वडा नम्बर १, २ र ४ मा मतगणना सम्पन्न भएको छ ।