बैतडी जीप दुर्घटना अपडेट : ३ जनाको मृत्यु, घाइेतको उद्दारका लागि हेलिकोप्टर आउँदै

बैतडी  – बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको जीप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

maya metro hospital

दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ को थुममा से १ ज ८५४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको उनले बताए ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । यसैबीच जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

attariya hospital

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ ।” घाइतेलाई पाटन विमानस्थलमा ल्याएको भन्दै उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.