डोटीमा प्रहरीद्वारा ४ राउण्ड ‘हवाई फायर’

डोटी – डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ । शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थलभित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको हो ।

maya metro hospital

केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरवितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए ।

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.