दार्चुला – शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि आगर मतदान स्थलमा झडपको स्थिति आएपछि प्रहरीले हवाई फायर गरेको छ । गठबन्धन र एमालेका कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि ३ राउन्ड हवाई फायर गर्दा अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न हवाई फायर गरिएको प्रहरीले जानकारी दिएको छ ।
केही समयका लागि त्यहा मतदान प्रक्रिया रोकिएको र अहिले सुचारु भईरहेको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए । सो मतदान केन्द्रमा पुनः मतदान सुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बसेर मतदान सुरु हुने तयारी हुँदैछ ।