अत्तरियामा प्रकाश पाण्डे सहयोगार्थ अभियान संचालन

अत्तरिया – मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रकाश पाण्डेको उपचारका लागि अत्तरियामा सहयोग अभियान संचालन गरिएको छ ।
थ्रिडिभिएल क्रियसन, प्लानेट ग्रिन नेपाल र दुर्गालक्ष्मी इनोभेसन क्लवको आयोजनामा अत्तरियामा सहयोग अभियान संचालन गरिएको हो ।

maya metro hospital

अभियान अन्तरगत शनिबार ४१ हजार ८५ रुपैयाँ संकलन गरिएको थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए । कार्तिक २६ गते साँझ धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा अत्तरियाका ३३ बर्षिय प्रकाश पाण्डे घाइते भएका थिए ।

उनल हाल धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका पाण्डेको उपचार ८ लाख खर्च लाग्ने आफन्तले बताएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.