अत्तरिया क्षेत्रका मतदानस्थल निर्माणको काम सम्पन्न (फोटो फिचर)

अत्तरिया – आइतबार हुने मतदानको लागि कैलालीको अत्तरिया क्षेत्रका मतदानस्थल निर्माण कार्य सकिएको छ । कैलाली क्षेत्र नम्बर ४ अन्तर्गत अत्तरियामा रहेका दुर्गालक्ष्मी नमूना मावि, घण्टेश्वर मावि, कृष्ण आविमा मतदान केन्द्रहरुका निर्माण सम्पन्न गरिएको हो ।

maya metro hospital

अत्तरिया बजार संगै जोडिएको दुर्गालक्ष्मी नमूना माविमा ४ वटा मतदान केन्द्र रहेका छन । जसमा ३ हजार ४७२ मतदाता रहेका छन । त्यस्तै ३ वटा मतदान केन्द्र रहेको घण्टेश्वर माविमा ३ हजार ३८४ मतदाता रहेको छ । यो मतदान स्थल प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टको मतदान स्थल पनि हो ।

joshi vada pasal 2

कैलाली – ४ का निर्वाचन अधिकृत इन्द्र बहादुर कडायतले १३४ वटै मतदान केन्द्रको तयारी सम्पन्न भएको बताए । उनले यस क्षेत्रमा रहेका ४ वटा अस्थायी मतदान केन्द्रको पनि निर्माण सम्पन्न भएको बताए ।

उनले भने ‘यस क्षेत्रमा सबै तयारी पुरा भएको छ । कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा छन । हामी भोली बिहान ७ बजेदेखि मतदान गराउनको लागि तयारी अवस्थामा बसेका छौ ।’

indreni vansa ghar

कैलाली क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ४५३ मतदाता रहेका छन । प्रतिनिधिसभाका लागिका लागि कैलाली क्षेत्र नम्बर ४ बाट सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर, नेकपा एमालेबाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोबिन्द प्रसाद भट्ट, नागरिक उन्मुक्ती पार्टीबाट कइयाँ चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सिताराम पण्डित, राप्रपाबाट जय बहादुर धामी, मौलिक जरोकिलो पार्टिबाट चेतराज साउँद, जनता प्रगतीशिल पार्टिबाट मोहनदेव मिश्र, नेपाल संघिय समाजवादी पार्टिबाट भिम बहादुर थापामगर र स्वतन्त्रबाट उम्मेदवारी दिएका गोदावरी नगरपालिका – २ निवासी मेखराज जोशी चुनावी मैदानमा छन ।

त्यस्तै प्रदेश सभा ‘क’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका दिर्घ सोडारी, नेकपा एमालेबाट भिम बहादुर देउवा, नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्र प्रसाद देवकोटा, राप्रपाबाट तिलक बहादुर महत, नेपाल लोकतान्त्रीक पर्टीबाट मणिराम चौधरी, मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी, नेष्नालिष्ट पिपुल्स पार्टीबाट लाल बहादुर बोहरा, स्वतन्त्रबाट प्रेम बहादुर शाहु र भोजराज सापकोटा चुनावी मैदानमा छन ।

जसमध्ये स्वतन्त्र उम्मेदवारी दिएका सापकोटाले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन । यसैबिच प्रदेश सभा ‘ख’ बाट सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाश बहादुर बम, नेकपा एमालेका तर्फबाट हरि सिँ साउँद, नागरिक उन्मुक्ति पार्टिबाट कमलराज भट्ट, राप्रपाबाट प्रकाशदत्त भट्ट र स्वतन्त्रबाट भगवती ओझा चुनावी मैदानमा छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.