युएईविरुद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

युएईविरुद्ध तीन खेलको सिरिज घरेलु टोली नेपालले जितेको छ । काठमाडौंका कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले हराउँदै नेपालले तीन खेलको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको हो ।

maya metro hospital

टस हारेर पहिले ब्याटिङ गरेको युएईले दिएको १७७ रनको सामान्य लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८० रन बनाउँदै पूरा गर्यो ।
नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले । उनले ११९ बलमा बलमा अविजित रहँदै सर्वाधिक ८८ रन बनाए । यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धसतकीय पारे खेले । उनले ७३ बल खेल्दै ६४ रन बनाए ।

joshi vada pasal 2

यसैगरी, कप्तान रोहित पौडेलले १६ बलमा १० रन तथा ओपनर अर्जुन साउदले ३३ बलमा ९ रन बनाए । दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए । हरिशंक साह शून्य रनमा अविजित रहे ।

युएईका हजरत बिलाल र आयान अफजल खान १–१ विकेट लिए । यसअघि, युएईले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। आयानले अविजित रहे । अर्धसतकीय पारी खेल्दै ५४ रन बनाए पनि त्यो युएईलाई जिताउन पर्याप्त भएन ।

सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो। तर दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएर सिरिज बराबरी गरेको थियो ।

फेरि शुक्रबारको निर्णायक खेल जित्दै नेपालले सिरिज जितेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.