बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडी – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा भीरबाट लडेर सिगास गाउँपालिका ४ बरमका अन्दाजी ४५ बर्षीया गौरा बोहराको मृत्यु भएको हो ।
खर काट्नका लागि शनिबार बिहानै घर नजिकैको सिउँडाधार भन्ने भीर गएका बोहराको लडेर मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताएका छन । उनले बोहराको घटनास्थलमै मृत्यु भएको बताए ।
सुदूरपहाडमा खर काट्ने क्रममा भीरबाट लडेर बर्षेनी महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन ।