गेटामा मेडिकल कलेज नचलाउनु सरकारको अकर्मण्यता : ओली

अत्तरिया – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गेटामा मेडिकल कलेज नचलाउनु सरकारको अकर्मण्यता भएको बताएका छन । नेकपा एमालेको चुनावी सभाको सुभारम्भ गर्न दार्चुला जानुअघि नेता लेखराज भट्टको अत्तरियास्थित निवासमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ७ अर्बका पूर्वाधार बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाउनु भनेको सरकारको अकर्मण्यता भएको बताएका हुन ।

maya metro hospital

‘यत्रो ‘इन्फास्ट्रक्चर’ बनिसकेको ठाउँमा मेडिकल कलेज नचलाएर डडेल्धुरामा चलाउनु भन्नु सरकारको अकर्मण्ता हो,’ ओलीले भने ।

ओलीले चुनाव जित्नका लागि शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज बनाउने आश्वासन बाडिरहेको आरोप लगाएका छन् । ‘गेटामा ७ अर्बका पूर्वाधार तयार छन् । ९० विघाभन्दा बढी जग्गामा पूर्वाधार बनेका छन् । त्यो ठाउँमा मेडिकल कलेज सञ्चालन गर्न छोडेर गन्यापधुरामा मेडिकल कलेज सञ्चालन गर्छु भन्नु देउवाको चुनाव जित्ने दाउ मात्रै हो’ ओलीले भने ।

attariya hospital

‘मेडिकल कलेज सञ्चालनका लागि ३ सय शैयाको अस्पताल तीन वर्ष चलेको हुनुपर्छ,बिरामीको चाप पनि त्यत्तिकै हुनपर्छ, उनको यो आश्वासन अन्तिम पटक डडेल्धुराबाट चुनाव जित्ने दाउ मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.