डडेल्धुरा – नेकपा एमालेले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई समर्थन गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ समन्वय कमिटीको पूर्ण बैठकले स्वतन्त्र उम्मेदवार विक्रम बहादुर शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
एमालेका पुराना नेता शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । यहाँ एमालेले कांग्रेस बीपीसँग तालमेल गर्ने भन्दै आधिकारिक उम्मेदवारी फिर्ता लिएपछि देउवाविरुद्ध एमालेको उम्मेदवारी खाली भएको थियो ।
तर, अन्तिम समयमा बीपी कांग्रेसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि एमालेले उक्त समझदारी अन्त्य भएको जनाएको थियो । समन्वय कमिटीका अध्यक्ष प्रेम बहादुर बोहरा र सचिव शिवराज ताम्राकारद्वारा आज जारी गरिएको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका शाहीलाई नै समर्थन गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)
यस अघि जिल्ला कमिटीले पनि शाहीलाई समर्थन गर्ने निर्णय गरिसकेको थियो । यहाँ प्रदेश २ मा गजेन्द्र बहादुर शाही र १ मा पठानसिंह बोहरा एमालेकै उम्मेदवार रहेका छन् ।