डडेल्धुरा कांग्रेसका पूर्व सभापति शेरबहादुर र रामचन्द्रले वीपी कांग्रेस र स्वतन्त्रलाई समर्थन गर्ने

डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले नेपाली कांग्रेस बिपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै दुवैजनाले बिपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन् ।

maya metro hospital

मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरेको पूर्व सभापति चटौतले बताए ।

ढाँट र चटौतले जिल्लासाबीमा करुवा र लालटिन चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गरे ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.