कांग्रेस कञ्चनपुरद्धारा बागी उम्मेदवार पार्टीबाट निष्कासित

कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरले १५ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र मनोनयन फिर्ता नलिएका १५ जनालाई कांग्रेस कञ्चनपुरले कारवाही गरेको हो ।

maya metro hospital

बागी उम्मेदवारी दिने उम्मेदवारसहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको कञ्चनपुर कांग्रेसले एक विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

विधानको परिच्छेद ९ को धारा ३४ को १ ‘घ’ बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशित गरिएको संयोजक नाफुसिंह साउदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

attariya hospital

कारबाहीमा परेकामा दिपकबहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय, नारायण बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पाण्डेय, मदन दमाई, धनबहादुर शाही, पिताम्बर जोशी, खेम चौधरी, मोतिराम राना, सञ्जिव सिंह राना, जगत सायर रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.