डोटीमा स्वतन्त्र उम्मेदवारी : आलेलाई डर, ओलीलाई भर

डोटी – डोटीमा गठबन्धन र एमाले बीच टक्कर हुने चर्चाका बिच स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्का निर्णायक हुने चर्चा हुन थालेको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज प्रेमबहादुर आलेमगर र नेकपा एमालेले पार्टी पोलिटव्यूरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओलीलाई उम्मेदवार बनाएको छ ।

maya metro hospital

दुई बलिया उम्मेदवार बीचको प्रतिस्पर्धालाई अहिले खड्काले रोचक बनाईदिएका छन । खड्का डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । नेपाली कांग्रेस निकट खड्का पर्यटन प्रवर्द्धनमा सक्रिय थिए । सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै लामो समयसम्म चलेको आन्दोलनको नेतृत्वकर्ता पनि हुन् खड्का ।

कांग्रेस निकट खड्काको उम्मेदवारीले अहिले आलेलाई झस्काएको छ । डोटी जिल्लामा चुनावी तालमेल नगरी एक्लै मैदानमा जानुपर्ने मत कांग्रेसमा चर्को थियो । त्यसको नेतृत्व सुदूरपश्चिम प्रदेश सभापति एवं डोटीका टिकट आकांक्षी वीरबहादुर बलायर आफैंले गरेका थिए ।
उनी डोटी छाडेर कैलाली ४ मा झरेका छन् । तर कांग्रेसको असन्तुष्टी कम भएको छैन । खड्काको उम्मेदवारी त्यसकै उपज हो । उनको पक्षमा कांग्रेसका केही कार्यकर्ता खुलेर लागेका पनि छन् । खड्काले कांग्रेसको मत जति पाउँछन्, आफ्नो मत त्यति घट्ने भएकाले आले दबावमा छन् । खड्कालाई उम्मेदवारी फिर्ता गराउन गठबन्धनले प्रयास गरे पनि सफल भएन ।

attariya hospital

खड्काको उम्मेद्वारी कायमै रहँदा एमाले उम्मेदवार ओलीलाई केही आशावादी बनाएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको सबै मत खड्काले पाउने हो भने उनी आफैं चुनाव जित्न सक्छन् । तर कांग्रेसको एक चौथाइ मात्रै मत खड्काले पाए ओलीका लागि चुनावी प्रतिस्पर्धा सहज हुन्छ ।

३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमालेभन्दा कांग्रेस ८ हजार ९०० मतले आगडि छ । कांग्रेसले ३३ हजार ९४४ मत पाउँदा एमालेले २५ हजार ३६ मत पाएको छ ।

एकीकृत समाजवादीको ३ हजार २०५ मत छ भने माओवादी केन्द्रको ७ हजार ६ सय १२ मत पाएको छ । यो मत परिणामलाई आधार मान्ने हो भने गठबन्धन अगाडि छ, तर स्वतन्त्र उम्मेदवार खड्काले काट्ने कांग्रेसको मतले हार–जित निर्धारण गर्ने देखिन्छ ।

चुनावी मैदानमा ओली, आले र खड्कासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केशवबहादुर बलायर र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशी पनि छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.