बेलौरी सीमा नाकाबाट २ युवतीहरूको उद्धार

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नाकाबाट २ युवतीको उद्धार गरिएको छ । शान्ति पुर्नस्थापना गृह सम्पर्क कार्यालय बेलौरीले सीमा नाकाबाट बेदकोट नगरपालिका – ५ की १७ वर्षीया किशोरी र २० वर्षीया युवतीलाई उद्धार गरेको हो ।

maya metro hospital

भारत जान लागेका एकैघरका दिदीबहिनीहरूलाई शङ्का लागी सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क टेलिफोन नम्बर थाहा नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको पाइएपछि उनीहरुलाई उद्धार गरिएको शान्ति पुर्नस्थापना गृह सम्पर्क कार्यालय बेलौरीका परामर्शदाता नितु बिष्टले जानकारी दिइन ।

उनले ती युवती बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उद्धार गरिएको बताईन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.