चौमालाका ६ पसलमा आगलागी हुँदा १ करोड बढीको क्षती

अत्तरिया – कैलालीको गौरीगङ्गा नगरपालिका – १ चौमालामा शनिबार राती भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ ।

maya metro hospital

चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युतको लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप १ मोबाइल पसल, २ वटा किराना पसल, १ हार्डवेयर पसल र १ होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले दिए ।

आगलागीको घटना लगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरीको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीय, घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ ८ः३५ बजे आगो निभाइएको थियो ।

attariya hospital

आगलागीबाट १ करोड १३ लाख ५० हजारको क्षती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिष्नु कुमार पाण्डेको लुम्बिनी होटलमा १ लाख ५० हजार, जय सिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाईल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको मोबाईल ग्यालरीमा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टंक प्रसाद आचार्यको सुज सेन्टरमा ३० लाखको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जोशीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.