दार्चुला – दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।
ढुङ्गा लागेर ति बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनको दार्चुलाको पारी भारतीय सिमानातर्फ पहरा फुटाउन गरिएको जिलेटिन बिष्फोटका कारण मृत्यु भएको बताइएको छ। भारत पट्टीबाट उछिट्टिएर आएको ढुंगाले लागेर उनको मृत्यु भएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।
नेपाल प्रहरीले भने घटनाको अनुसन्धान पछि मात्रै विस्तृत विवरण खुल्ने जनाएको छ ।