कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव

कञ्चनपुर – कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव भएको छ । बंगुरको बजारमा मागभन्दा उत्पादन बढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।

maya metro hospital

शुक्लाफाँटा नगरपालिका–१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरी बंगुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना संक्रमण घटेसँगै बंगुरको बिक्रीमा कमी आएको बताईन । रु. तीन करोड लगानी गरी फार्म सञ्चालन गरेकी उनले चार सयवटा बंगुरपालन गरिरहेकी छन ।

‘वर्षमा झण्डै रु. ५० लाख बढीका बंगुर बिक्री हुन्थे’ उनले भनीन ‘गएको चैतसम्म रु. तीन लाख मूल्यका बंगुर बेचेका थियौँ, त्यसपछि बंगुर बिक्री हुन पाएका छैनन्, दशैँ, तिहारलगायतका चाडपर्वमा बंगुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।’

attariya hospital

उनका अनुसार बंगुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बङ्गुर काठमाडौँसम्म लैजाने गरिन्थ्योे । यस वर्ष बंगुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बंगुर थन्किएका छन् । बंगुरलाई चारोमात्रै खुवाउन हप्तामै रु. एक लाख जति खर्च भइरहेको उनले गुनासो गरीन । उनको फार्ममा ल्याडे«स, डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायतका उन्नत जातका बंगुर छन् ।

बंगुरका प्रतिपाठापाठी रु. पाँच हजार र मासु थोकमा रु. तीन सय प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । ‘कोरोनाको संक्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के’ बंगुरपालक गगनराज भट्टले भने ‘बंगुरपालनमा लागे, पाठापाठीको त्यसबेला निकै माग थियो, त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।’
तीन वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बंगुरबिक्री गर्न पाएका छैनन ।

वैदेशिक रोजगारीबाट फर्केपछि उनले रु. नौ लाख लगानी गरी बंगुर फार्म सञ्चालन गरेका थिए । फार्ममा ४५ बंगुर छन् । ‘बंगुरका पाठापाठीसहित छ वटा बंगुर बिक्रीका लागि तयारी अवस्थामा छन’ उनले भने ‘चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।’

सेनाबाट निवृत्तिवरण भएलगत्तै बंगुर पालनमा हात हालेका फुलराम चौधरी पनि बंगुरको बिक्रि नहुँदा समस्यामा छन । ‘बंगुर फार्म सञ्चालन गरी अरुले आम्दानी गरेको देखेर नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बंगुरपालन व्यवसायमा हात हाल्यौ’ उनले भने ‘निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बंगुर पालेका छौँ, बंगुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.