डडेल्धुरा – आगामी मसिंर ४ गते हने निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नयाँ रेकर्ड राख्ने पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले बताएका छन् ।
अन्य प्रतिस्पर्धीको भन्दा अत्यधिक मत ल्याएर प्रधानमन्त्री देउवाले नयाँ रेकर्ड कायम गर्ने नेता साउदले बताएका हुन् । सदरमुकाम अमरगढीमा आयोजना गरिएको लोकतान्त्रिक–बाम गठबन्धनको संयुक्त शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा नेता साउदले प्रधामन्त्री देउवा लोकतन्त्र र सविधानको रक्षार्थ युगपुरुष र माहानायकको भूमिका खेलेर आफ्नो छुट्टै पहिचान र छवि वनाई सयुक्त गठबन्धनका नेता भएको जिकिर गरे ।
यसका साथै उनीसँग प्रतिस्पर्धा गर्ने अन्य पार्टीका उम्मेदवार नै नभएको दावी गरे । यसका साथै मुख्य प्रतिस्पर्धी मानिएको माओवादी आफूसँग नै सहकार्यमा रहेको र एमालेले उम्मेदवार नै दिन नसकेको नेता साउदले स्मरण गराए ।