अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउले बजारमा अनुगमन गरिएको छ । लामो समयको अन्तरालपछि शुक्रबार स्याउले बजारमा अनुगमन गरिएको हो । नगरउपप्रमुख शारदा रोकायाको संयोजकत्वमा बजारका १४ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा म्यान नाघेका खाद्य बस्तुहरु फेला परेका थिए ।
अनुगमनका क्रममा ६ केजी पास्ता, ६ पाकेट चकलेट, ४ डिब्बा सेन्टर फ्रुट, १ बोतल वियर, ६ डिब्बा बडी लोसन क्रिम, ४ डिब्बा खाने रंग, ३ डब्बा चोकोपन, १३ पाकेट पाउरोटी, २ लिटर खानेतेल, आधा लिटरका ४ डिब्बा दही, आधा लिटरकै २ पाकेट मही, २ पाकेट सोप, २१ पाकेट विस्कुट, १ केजी हर्लिक्स, ३ डिब्बा कपालमा लगाउने तेल र २० किलो मसलाजन्य पदार्थ फेला परेको नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी टेक शाहुले बताए ।
उनले बरामद गरिएका सबै सामग्रीहरु नष्ट गरिएको बताए । लामो समयको अन्तराल पछि अनुगमन भएकाले बढी मात्रामा म्याद नाघेका तथा अखाद्य सामग्रीहरु फेला परेको उनले बताए ।