कञ्चनपुरका २ उम्मेदवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी – कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

maya metro hospital

आयोगले नगर विकास समितिका तीन जना पूर्वअध्यक्ष, समितिमा कार्यरत कर्मचारी, मालपोत कार्यालयका कर्मचारी, विचौलिया र जग्गा खरिद गर्ने व्यक्ति समेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुधबार दायर गरेको उक्त मुद्धामा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका दुई जनासमेत प्रतिवादी बनाइएका छन् ।

attariya hospital

नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका पल्टु राना र क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका मदन दमाईं पनि प्रतिवादी बनाइएका हुन् ।

अख्तियारका अनुसार जग्गा खरिद बिक्री घोटालाको घटना हुँदा राना नगर विकास समितिको अध्यक्ष थिए भने मदन दमाइ विचौलियाको भूमिका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.