अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा जानकारी दिइएको छ ।
नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिकाबाट निर्वाचित १२ वटै वडाका जनप्रतिनिधिलाई कार्यक्रमका बारेमा जानकारी गराइएको हो ।
नगर प्रबक्ता गोपाल दत्त भट्टको प्रमुख आतिथ्यमा भएको उक्त अभिमूखिकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम संगै नीति, नियम तथा, ऐन कानुनका बारेमा पनि जानकारी दिइएको प्रधानमन्त्री रोजगार कार्यक्रम गोदावरीका संयोजक राम लाल भट्टले बताए ।
कार्यक्रममा आर्थिक बर्ष २०७५/०७६ देखि हाल सम्मको प्रगति विवरण संगै आगामी कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले बताए ।