हावामा भएको राजधानी जमिनमा बनाउँछौं : बलायर

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरले गोदावरीमा घोषणा गरिएको राजधानी बनाउन आफु तत्पर रहेको बताएका छन । उनले राजधानी अहिले पनि हावामै भएकाले यसलाई जमिनमा बनाउन आफू तत्पर रहेको बताएका हुन ।

maya metro hospital

‘मैले भनेको हो राजधानी धनगढी डेरामा छ, गोदावरी हावामा छ । मैले के गलत भने ? गोदावरी जमिनमा राजधानी भए त देखिन्थ्यो होला । एउटा साईनबोर्ड त देखिएको छैन । नदेखिने ठाउँमा त हावामै हो’ गौरीगंगामा आयोजित प्रचारप्रसार तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अब जमिनका बनाउका लागि हामी तत्पर छौ । हामी तयार छौ । हामी यो ४ नम्बर क्षेत्र भित्र बस्तुगत भौगोलिक अध्ययन गर्ने छौ ।’

उनले राजधानी बनाउनका लागि सबैभन्दा पहिले हामीले केन्द्रबाट भोगाधिकार ल्याउने बताए । उनले भने ‘भोगाधिकार ल्याएपछि हामीले हाम्रो क्षमता अनुसार भौतिक पुर्वाधार निर्माण गर्ने छौ । हामी निर्वाचित हुनासाथ यसको काम सुरु गर्ने छौ ।’

attariya hospital

उनले राजधानी बनाउको लागि प्रदेशको बजेटले मात्रै नपुग्ने भएकाले केन्द्रिय बजेट पनि आवश्यक पर्ने बताए ।

‘नयाँ ठाउँमा राजधानी बनाउन ठूलो रकम आवश्यक पर्ने छ । यहाँ राजधानी नयाँ सहरमा बनाउन लागिएकाले यसलाई व्यवस्थित र नमूना बनाउनुपर्ने छ । त्यती सजिलो छैन’ उनले भने ‘यसलाई गम्भिर रुपमा बोक्न सक्ने, गम्भिर रुपमा राष्ट्रका अगाडी आफ्ना अडान राख्न सक्ने मानिसको आवश्यकता परेको छ । यसका लागि हामी कति काविल छै यसको मुल्याङ्कन तपाइहरुले गर्नुहुनेछ । अब यहाँ राजधानी बनेरै छोड्छ ।’

उनले कसैले चाहदमै राजधानी यहाँबाट अर्को ठाउँमा सार्न नसकिने बताए । ‘राजधानी के गुन्ठो बाधेर बाटोमा राखेको चिज हो र ? जसले जता लग्न मन लाग्यो उठाएर लैजानका लागि’ उनले भने ‘यो संसदको २ तिहाईले गोदावरीमा राजधानी बनाइएको छ । अर्को दुई तिहाईको संसदले मात्रै यसलाई परिवर्तन गर्न सक्छ नत्र अरु कसैले यसलाई हेरफेर गर्न सक्दैन ।’

उनले अब बाध्यात्मक रुपमा पनि राजधानी यस क्षेत्रमा बनाउनु पर्ने बताए । उनले भने ‘मैले त म मन्त्री हुँदै डोटीमै अस्थाई राजधानी चाहेको थिए । तर, राजधानी धनगढी भयो । अनि मैले आत्महत्या गर्ने ? म मन्त्री हुँदा हुँदै पनि बनाउन सकेन किनकी म त्यतिबेला पराजित भएको थिए । पराजितको तागत त्यती हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.