पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको कुस्तीमा सुदूरपश्चिमले ५ स्वर्ण जितेको छ । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले ५ स्वर्ण जितेको हो । १० वटा तौल समुहमा भएको खेलमा बाँकी ५ स्वार्ण आर्मीले जितेको छ ।
सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहरा, ५३ केजी तौल समूहमा मनिषा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदकका हुन ।
त्यस्तै आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।
कुस्तीमा महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहको खेलमा भाग लिएका थिए ।
नवलपरासी पूर्वको कावासोती नगरपलिका–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो ।