कांग्रेस बैतडीका संस्थापक नेता भट्टको निधन

बैतडी – नेपाली कांग्रेस बैतडीका संस्थापक तथा पुराना नेता महेशशरण भट्टको सोमबार निधन भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ पिपलकोट निवासी भट्टको ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भट्ट श्वासप्रश्वासका बिरामी थिए ।

maya metro hospital

भट्ट केही वर्षयता सक्रिय राजनीतिबाट टाढा रहे पनि सामाजिक क्षेत्रमा पनि निकै परिचित नाम हो । नेपाली कांग्रेस बैतडीको सचिवसमेत रहिसकेका भट्टले विभिन्न सङ्घसंस्थाको नेतृत्वसमेत गरेका थिए । भट्ट नेपाल परिवार नियोजन सङ्घ बैतडीको सभापतिसमेत समेत रहेका थिए । श्रीकेदार मावि पिपलकोटको संस्थापक प्रधानाध्यापकका रूपमा काम गरेका भट्टले समाज परिवर्तनका लागि थुप्रै काम गरेका थिए ।

विसं २०५० मा नेपाली कांग्रेसका सभापति दुर्गादत्त जोशी रहेका बेला भट्ट पार्टीको सचिव थिए । कांग्रेस बैतडीको संस्थापक नेताका रूपमा रहेका भट्टको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।

attariya hospital

भट्टको निधनसँगै बैतडी कांग्रेसले एक कुशल अभिभावक गुमाएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । भट्टको निधनमा कांग्रेसका नेता, कार्यकर्ताका साथै अन्य व्यक्तिले समेत शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.