दार्चुलामा अरिंगालले चिल्दा बालकको मृत्यु

दार्चुला – शैल्यशिखर नगरपालिका–६ ग्वानिमा अरिंगालले चिल्दा बालकको मृत्यु भएको छ । आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिंगालले चिल्दा मृत्यु भएको प्रहरिले जनाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिंगालले चिलेका थिए ।

अरिंगालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममै रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.