अत्तरिया – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापती एवं कैलाली ४ प्रतिनिधि सभाका उमेदवार वीर वहादुर बलायरले गठवन्धन देशको आवश्यकता रहेको बताएका छन । शनिवार नेपाली कांग्रेस गौरीगंगा नगरपालिका कार्यसमितिले आयोजना गरेको चुनावी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन । के पि ओली नेतृवको सरकाले गरेका ज्यादती र प्रतिगामी कदमको स्मरण गराउदै प्रदेश सभापती वलायरले भने ‘देशको आवश्यता अनुसार गठन्दनको सरकार र गठवन्धनमै चुनावमा जानु परेको हो ।’ उनले गठवन्धनमा रहेका सवै नेतृत्वले चुनाव जिताउन वढी जिम्मेवार भएर लाग्नु पर्ने बताए ।
उनले भने ‘आफु प्रदेश सभापतीका हैसियतले सुदूरपश्चिम प्रदेश भरी चुनाको अवलोकन र मुल्यांकन गरिरहेको छु । सवै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले इमान्दारीताका साथ चुनावमा लाग्न आग्रह गर्दछु ।’