पुष्करले राजनीतिक बेइमानी गरे : उम्मेदवार डिल्ली पन्त

धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर–५का उम्मेदवार डिल्लीराज पन्तले मैले नेविसंघको सदस्यता दिएर काँग्रेस बनाएको पुष्करनाथ ओझाले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । कहिले पार्टीको नियम उलंघन गरेर त कहिले स्वतन्त्रका नाममा राजनीतिक बेइमानी गरेको अरोप पन्तले लगाएका छन् ।कैलाली निर्वाचन क्षेत्र नम्बर–५ अन्तरगत कैलारी वडा नम्बर–६मा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको सम्पर्क कार्यलय उद्घाटनका क्रममा पन्तले सो आरोप लगाएका हुन् ।

Karma Consultancy

पुष्करनाथ ओझालाई आफैले नेपाल विद्यार्थी संघको सदस्यता दिएर नेपाली कांग्रेस प्रवेश गराएको स्मरण गर्दै उम्मेदवार पन्तले ओझाले पटक–पटक पार्टीबाट अवसर प्राप्त गरे पनि पार्टीलाई धोका दिएको अरोप उम्मेदवार पन्तको छ ।

citizen security services

कार्यक्रमा बोल्दै पन्तले भने ,‘आफैले पुस्करलाई सदस्यता दिएर कांग्रेसमा क्रियाशिल गराए । तर उनले सांसद हुदै मन्त्री सम्मको अवसर पाएका पुष्करले पार्टीलाई धोका दिएर राजनीतिक बेइमानी गरे ।’ कार्यक्रममा बोल्दै पन्तले आफुसंग सिंगो पार्टी र लोकतान्त्रिक गठबन्धनको पुर्ण साहयोगका कारण आफु सहजै बिजय हुने समेत बिश्वास ब्याक्त गरे ।

attariya hospital

यस्तै सोही कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ (क)का उम्मेदवार रमेश धामीले संविधानको रक्षा गर्न र देशको समग्र बिकासका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित अनिवार्य रहेको बताए । कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य जीवन राना, जिल्ला सभापति नारायणदत्त भट्ट, महासमिति सदस्य गणेश देउवा, जिल्ला सह–सचिव रामसमझ राना, क्षेत्रिय सभापति भीमबहादुर पडाल, क्षेत्र नम्बर ५ (क)का सभापति सिताराम राना, धनगढी नगर सभापति यज्ञराज उपाध्यय, माओवादीका नेता रमेश भट्टराई, समाजबादीको नेता रामबजारी चौधरी लगायतका नेताहरुले लोकतान्त्रिक बाम गठबन्धनको जित निश्चित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.