उद्यम विकास सहजकर्ता संघ कैलालीद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

 

अत्तरिया – उद्यम विकास सहजकर्ता संघ कैलालीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व तिहारलाई लक्षित गरी संघले कैलालीको अत्तरियामा शुभकामना आदान प्रदानका साथै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital

संघका अध्यक्ष नरेश साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघका प्रदेश अध्यक्ष नरेश प्रसाद भट्ट रहेका थिए । कार्यक्रममा जिल्लाभर रहेका विभिन्न स्थानिय तहहरुमा कार्यरत लघु उद्यम सहजकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा आउदै गरेको तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिनुका साथै विभिन्न विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा कैलालीको गौरीगंगा नगरपालिकामा कार्यरत उद्यम विकाश सहजकर्ता अन्टिना चौधरीलाई पदबाट हटाउनुको कारणका बारेमा जानकारी लिन पत्राचार गर्ने, कैलालीकै चुरे गाउँपालिकामा एक जना उद्यम विकास सहजकर्ता पदपुर्ति गर्नका लागी विज्ञापन गर्न पालिकालाई पत्राचार गर्ने, उद्यम विकाशको सहजकर्ताको क्षमता विकासका लागी प्रदेश सरकारलाई प्रस्तावना पेश गर्ने लगायतका विषयहरु निर्णय गर्दै पारित गरीएको थियो ।

attariya hospital

नगरमा कार्यरत लघु उद्यम सहकर्ताहरुलाई एकजुट बनाउन करिब ३ वर्ष अगाडीदेखी संघको स्थापना गरिएको संघका अध्यक्ष साउँदले बताए । उनले गरिब तथा न्युन आय भएका नागरिकहरुलाई सानो रकमबाट पनि उद्यमी बन्न सकिन्छ भन्ने कुराहरु उद्यम विकास सहजकर्ताहरुले सिकाउदै आएको बताए । उनले नगरमा उद्यम विकास सहजकर्ताको महत्वको बारेमा पनि प्रस्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.