घोडाघोडी – कैलाली सङ्कटापन्न सूचीमा रहेको सुनगोहोरो भेटिएको छ । घोडाघोडी नगरपालिका – १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको हो । उक्त सुनगोहोरालाई स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले विस्तारै हिँड्दै गरेको अवस्थामा देखेका थिए ।
धान काट्दै गर्दा सुनगोहोरो देखेका स्थानीय नविन पुरीले महत्वपूर्ण प्रजातिजस्तो लागेपछि खबर ईलाका वन कार्यालय, सुखडको समूह सुरक्षित उद्धारका लागि स्थलगत क्षेत्रमा पुगेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुल रिजालले संकाटपन्न प्रजातिको रुपमा रहेको सुनगोरोलाई उद्धार गरी सुरक्षित स्थानमा छोडिने बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले घस्रने जातका जन्तुअन्र्तगत सुनगोहोरालाई अधिक चोरी शिकार र अवैध व्यापार हुने प्राणीको सूचीमा राखेको छ । सुनगोहोरोको चोरीसिकारी र अवैध व्यापार गर्नेलाई कडा सजायको कानुनी व्यवस्था समेत गरेको विभागले जनाएको छ ।
स्थानीय संरक्षणकर्मी दयाराम चौधरीले जंगल र पानी भएको क्षेत्रमा बस्ने सुनगोहोरो अण्डा दिनका लागि सुरक्षित स्थान खोज्दै खेतमा पुगेको हुनसक्ने बताए ।