कृष्णपुरमा ग्राभेल र पानी पिचको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा थपियो

अत्तरिया – कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम अघि बढाएको बताएका छन ।

maya metro hospital

चालु आर्थिक वर्षका लागि नगरपालिकाले एक अर्व १३ करोड ९३ लाख २४ हजार नौ सय ७१ वार्षिक बजेट विनियोजन गरेकोमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलाई मध्यनजर गरि तयार पारेको बताएका हुन ।

joshi vada pasal 2

शुक्रबार नगरपालिकामा पत्रकार सम्मेलनमा नगर प्रमुख ओझाले पानी पिच र ग्राभेलका लागि छुट्याइएको बजेटलाई कटौती गर्दै शिक्षा, स्वास्थ्यका कार्यक्रममा राखिएको बताए ।

‘पानी पिच र ग्राभेलका लागि छुट्याइएको बजेट दुरुपयोग भयो भन्ने आरोप आईरहन्छ’ उनले भने –‘नगरपालिकाले वडाको सिफारिसमा ग्राभेल तथा पानी पिच गर्ने गरि सो शिर्षकको बजेट स्वास्थ्य र शिक्षाका कार्यक्रममा राखिएको छ ।’
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग–आत्मनिर्भर कृष्णपुरमा स्रोतको सदुपयोग भन्ने नारासहित नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरेको नगर प्रमुख ओझाले बताए ।

कृष्णपुरमा जनप्रतिनिधिले कार्यभार सम्हालेको एक सय ४२ दिन पुगेको छ । नगर प्रमुख ओझाले सो अवधिमा स्वास्थ्य केन्द्रमा २४ सै घण्टा निशुल्क एमविविएस डाक्टर सहितको सेवा उपलब्ध गराउने कामको सुरुवात भएको बताए । उनले भने ‘अहिलेसम्म डाक्टरसहितको सेवा अस्पतालबाट मात्र प्रदान भईरहेको थियो । यस नगरपालिकाले वडा नम्बर ५ गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४ सैं घण्टा निशुल्क सेवा उपलब्ध गराउन एमविविएस डाक्टर सहितको स्वास्थ्यकर्मीको टिम उपलब्ध गराएको छ ।’

उनले स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना भई उपचार हुन नसकेका विरामीहरुलाई कैलाली र कञ्चनपुरका अस्पतालहरुमा रिफर गर्दा र विरामी भई आवश्यकता परेको खण्डमा बाँके, कैलाली रेडक्रसंगको समन्वय गरी निशुल्क रगतको व्यवस्था गरिनुका साथै वर्थिङ सेन्टर लगायत प्रयोगशाला सेवा निशुल्क गरिएको बताए ।

उनले वडा नम्बर २ मा आधारभुत स्वास्थ्य संस्था स्थापना गरि थप प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको बताए । उनले विद्यालयमा अभाव रहेको शिक्षक तथा कर्मचारीहरुको पदपूर्ति, भौतिक संरचना अभाव रहेका विद्यालयमा भवन, शैक्षिक गुणस्तर सुधारका कार्यक्रम लगायतमा नगरपालिकाले जोड दिएको बताए ।

कृषितर्फ किसानहरुलाई सहकारीमार्फत विउविजन र मलखाद अनुदान, वास्तविक किसानहरुको पहिचान गरि किसान परिचयपत्र वितरण कार्यक्रम गरिन लागेको बताए । उनका अनुसार वडा नम्बर १ बाट किसान परिचय पत्र वितरण कार्य शुरु भएको र लगत्तै सम्पूर्ण वडामा रहेका वास्तविक किसानको पहिचान गरिने बताए ।

नगरपालिकाले अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सुकुम्बासी समस्या समाधान आयोगसंग समन्वय गरि वडा नम्बर ४ मा जग्गा नाप जाँच कार्य सम्पन्न गरेको, वडा नम्बर १, २ र ९ मा नापी कार्य जारी रहेको र वडा नम्बर ७ र ८ मा व्यवस्थित सेतो जग्गाधनी प्रमाण पूर्जालाई वैधानिकता दिने कार्य जारी रहेको बताए ।

देशभरीकै प्रमुख समस्याका रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापन गर्न नगरपालिकाले दुई स्थानमा गौशाला निर्माण गरेको उनले बताए । उनका अनुसार नगरपालिकाले वडा नम्बर ४ र वडा नम्बर ५ मा गौशाला निर्माण गरि छाडा पशु चौपायाको व्यवस्थापन गरिरहेको छ ।

उनले वर्षायाममा सडकमा भएका खाडल, पानी जम्ने समस्या हटाउन खाल्डो पुर्ने, नदी कटान तथा डुवान लगायतको जोखिम हटाउन जैविक तटबन्धन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.