दार्चुला – दार्चुलामा एक विद्यालयका प्रधानाध्यापक चुनावी प्रचारमा हिडेको पाइएको छ । नेकपा एमाले दार्चुलाले आजदेखि सुरु गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भई ती विद्यालयका प्रधानाध्यापकले एमालेका उम्मेदवारहरूलाई मत मागेको पाइएको छ ।
मालिकार्जुन गाउँपालिका–३ मा रहेको मालिकार्जुन माध्यमिक विद्यालयका प्रधानाध्यापक एमालेको कार्यकर्ता भेटघाट तथा चुनावी प्रचारप्रसारमा निस्केर प्रचारप्रसार गरिरहेका छन् ।
प्रधानाध्यापक शैल्यशिखर नगरपालिका–६ मा रहेको ग्वानीको बजानीमा गएर एमालेका उम्मेदवारको प्रचारप्रसार गरिरहेको त्यहाँका स्थानीयले बताएका छन् ।
प्रधानाध्यापक एमालेका नेताहरूले गरिरहेको कार्यक्रममा सहभागी भएको तस्बिर बाहिर आएको छ । यस्तै शैल्यशिखर नगरपालिकामा करार पदमा कार्यरत इन्जिनियर, पशुपति भवन माध्यमिक विद्यालयका शिक्षक पनि सोही कार्यक्रममा सहभागी रहेको स्थानीयले बताए ।