अत्तरिया – आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागी उम्मेदवारी दिएकी भगवती ओझामाथि कारवाही गरिएको छ । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले निर्वाचन क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएकी भागवती पाठकलाई पनि कारवाही गरिएको बताए । उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बागी उम्मेदवारहरूलाई स्वतः कारवाही गरिएको बताए । यद्दपी ओझाले यसअघि नै कांग्रेकबाट राजीनामा दिएको घोषणा गरिसकेकी छिन ।
कांग्रेसले कैलालीमा पाठक सहित बागी उम्मेदवारी दिने ७ जनालाई पनि कारवाही गरेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाही, निर्वाचन क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरा, निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई पनि कारवाही गरिएको जनाइएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नं. ४ (क) बाट गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी विरुद्ध उम्मेदवारी दिएका उम्मेदवारी दिएका प्रेम शाह, निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवारी दिएका गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाका विरुद्ध उम्मेदवारी दिएका कांग्रेसका विद्यार्थी नेता रहेका भण्डारीमाथि कारवाही गरिएको सभापति भट्टले बताए ।