माओवादी केन्द्रद्धारा कैलाली – ४ र ५ का बागी उम्मेदवार माथि कारवाही

अत्तरिया – नेकपा माओवादी केन्द्रले कैलाली क्षेत्र नम्बर ४ र ५ बाट बागी उम्मेदवार दिएका उम्मेदवारलाई कारवाही गरेको छ ।

maya metro hospital

माओवादी केन्द्रले क्षेत्र नम्बर ४ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यमा बागी उम्मेदवारी दिएका भोजराज सापकोटा र कैलाली संघीय निर्वाचन क्षेत्र ५ प्रदेश सभा (१) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरेको हो ।

कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (१) मा सत्ता गठन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.