गफाडीहरुले देश बिगारे : भट्टराई

 

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले देश नै गफाडीहरुले बिगारेको बताएका छन ।  शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।

Karma Consultancy

मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए । ‘जीवनभर गफ दिने र उत्तरार्द्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन ।

citizen security services

देश बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ’ डा.भट्टराईले भने, ‘सबै सेक्टरका सबै जिम्मेवार नागरिक तथा व्यक्तिहरुले जिम्मेवार हुनुपर्नेछ । देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ’ उनले भने ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.