बैतडी – बैतडीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका – ६ स्थित सुर्नया नदीमा डुबेर पाटन नगरपालिका – १ जरौलीका ५३ वर्षिय नर बहादुर भट्टराईको मृत्यु भएको हो ।
शुक्रबार विहान नदीमा नुहाउन गएका बेला उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।