बैतडीमा चक्कु प्रहारबाट एकजना घाइते, एक पक्राउ

बैतडी – चक्कु प्रहारबाट बैतडीमा एकजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका – २ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउद रहेका छन्।

maya metro hospital

साउदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

joshi vada pasal 2

चक्कु प्रहारबाट साउदको पिठ्यूँमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

दुवै जनाबीच मदिरा सेवन गरिरहेका वेलामा झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.