दार्चुलामा कार्यरत सशस्त्रका हवल्दार नरेश साहुले पाए सफाइ

धनगढी – हातहतियार र गोलीगठ्ठा सहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको आरोप लागेका सशस्त्र प्रहरी हवल्दार नरेश साहुले सफाई पाएका छन । दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लामा कार्यरत साहुले बुधबार विशेष अदालतबाट सफाइ पाए पाएका हुन ।

maya metro hospital

उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई संचार माध्यममा ल्याएका थिए । तर, गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठा सहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डिआइजी दुर्गाप्रसाद भट्टराइले साहुले विशेष अदालतबाट सफाइ पाएको र, बुधबार फर्किन लागेको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.