राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण टिकट पाएन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् ।

maya metro hospital

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए ।

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।

attariya hospital

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि लगाए ।

नेता रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.