डोटी – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् । उनलाई नेकपा एमालेसहित विभिन्न दलबाट ३ र स्वतन्त्र २ उम्मेदवारले चुनौती दिँदैछन् ।
डोटीमा नेकपा एमालेले गौरी कुमारी ओलीलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले केशव बलायरलाई उम्मेदवार बनाएको छ ।
डोटीमा राजप्रसाद जोशी र नरेन्द्रबहादुर खड्का स्वतन्त्र उम्मेदवार छन् ।